काठमाडौं । भारत र म्यानमारको सीमामा बुधवार साँझ शक्तिशाली भुकम्प गएको छ । ६ दशमलब ८ रेक्टरस्केल मापन गरिएको भुकम्पको झट्का काठमाडौ र पूर्वाञ्चल क्षेत्रमा समेत महशुस गरिएको थियो ।

भारतीय समय अनुसार बेलुकी ७ बजेर २५ मिनेटमा गएको भूम्पको तिब्र झट्का भारतको

कलकत्ता,गुवाहाटी,मणिपुर,नोयडा,नयाँ दिल्ली लगयातका विभिन्न क्षेत्रमा महशुस गरिएको थियो । यस्तै बंगलादेशमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । समुन्द्र नजिकको भागमा आएको भुकम्प भए पनि भुकम्प जमीनमा आएकोले सुनामीको कुनै खतरा नभएको बताइएको छ ।

भूकम्पका कारण कलकत्ताको इडन गार्डनमा भइरहेको आइपीएल म्याचमा समेत असर परेको थियो । भूकम्पको धक्का महसूस भएपछि प्रेस बक्समा रहेका पत्रकारहरू प्रेस बक्स छोडेर भागेका थिए ।

भूकम्पका कारण कलकत्ता र दिल्लीमा सञ्चालित मेट्रो रेल्वे सेवा केही समयका लागि स्थगित गरिएको थियो ।

Comments

comments