चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई  हनुमान ढोका प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दी शैलीमा तोडफोड गरेको अभियोग उनीमाथि लगाईएको छ ।

अर्का निर्माता प्रभुशमशेर जबरासंगको लेनदेन विवादका कारण राई हनुमानढोका पुगेका हुन् । आफूलाई दिनुपर्ने २८ लाख रूपयाँ समयमै नदिएको भन्दै राईले जबराको आइकोर फिल्मसबाट सोमबार सामान उठाइदिएपछि उक्त प्रकरण पुलिससमक्ष पुगेको हो।

प्रभु शमशेरले ऋण असुलीको तारिका जायज नभएको भन्दै राईलाई मुद्धा हालेका छन। नेपाल चलचित्र निर्माता संघका अध्ययक्षसमेत रहेका राईलाई चर्को व्याजदरमा ऋण लगानी गर्ने आरोप लाग्दै आएको छ।

Comments

comments