काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाति, धर्म,सम्प्रदाय र क्षेत्रियताको संकर्ण विचारको आधारमा मुलुकलाई प्रयोगशाला बनाउन नदिने बताउनुभएको छ । उहाँले मुलुकको समृद्धिका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

नयाँ वर्ष २०७३ सालको आरभ्भको पूर्वसन्ध्यामा राष्ट्रको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसवादी दलहरुलाई वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रमा सबै समस्याको समाधान रहेको दावी गर्दै जनता अव कुनै पनि आन्दोलनको पक्षमा नभएको बताउनुभयो । उहाँले आन्दोलनरत पक्षहरुलाई संवादमा आई हल खोज्न आग्रह गर्नुभयो ।

लोकतन्त्र बेलगाम घोडा नभएको भन्दै प्रधानमन्त्री ओलीले गरिव मुलुकलाई समृद्धिको मार्गमा अगाडी बढाउन थप मेहनत गर्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक विकासको मुद्दामा अनावश्यक बखेडा नझिक्न पनि उँहाले सबैलाई आग्रह गर्नुभयो ।

एक घण्टा लामो आफ्नो सम्वोधनका क्रममा उहाँले आर्थिक समुन्नतीलाई पटक पटक दोहो¥याउनुभयो । प्रधानमन्त्री ओलीले बैशाखवाटै भूकम्प पश्चातको पुर्ननिर्माणको कार्यले तीव्रता लिने पनि बताउँनुभयो । अव सरकारले भोली नभनी तत्कालैवाट घोषित कार्यक्रमहरुको कार्यान्वयनमा जुट्ने ओलीले बताउँनुभयो ।

सवै राजनीतिक दलहरुलाई जनतामा इच्छाशक्ति बढाउने किसिमका कार्य गर्नपनि प्रधानमन्त्री ओलीले आग्रह गर्नभयो ।

Comments

comments