मेलबर्न । मेलबर्नमा पहिलोपटक जुनियर फुटबल प्रतियोगीता शुरु भएको छ ।

प्रतियोगीतामा नेपाली जुनियर टिमले पनि प्रतिस्पर्धा गर्दैछ । यो प्रतियोगीताको आयोजना अष्ट्रेलियाको आधिकारिक फुटबल संघ अष्ट्रेलियाले गर्न लागेको हो । अर्को वर्ष अण्डर १२ र अण्डर १३ प्रतियोगीतामा भीड्ने लक्ष्यका साथ यसपटकको अण्डर ११ मा पनि नेपाली जुनियर टिमले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली जुनियर टोलीलाई अष्ट्रेलियाको फुटबल संघबाट लाइसेन्स प्राप्त प्रशिक्षक अशिम पन्त र ज्ञान श्रेष्ठले प्रशिक्षण दिदै छन् ।

अप्रिल १० देखि शुरु भएको प्रतियोगीता अप्रिल २८ सम्म जारी रहनेछ ।

Comments