खोटाङ । खोटाङको महादेवस्थान–१ काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्।

 दिक्तेल बजारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस मंगलबार विहान महादेवस्थान–१ काभ्रेमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। मृतकको पचिहान भने हुन नसकेको राईले बताए।
मंगलबार विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो।
बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएपनि बीच बाटोमा कति यात्रु बसमा चढे भन्ने यकिन हुन नसकेको राईले जानकारी दिए।

Comments

comments