भक्तपुर । यही चैत १८ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षाको परीक्षाफल असार पहिलो साता अाउने भएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताए। छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको काप्रीले जानकारी दिए। यसवर्ष देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए।

प्राविधिक धारतर्फको प्रयोगात्मक परीक्षा सोमबार सम्पन्न भएको हो भने त्यस बाहेकका परीक्षा गत शुक्रबार सम्पन्न भएका थिए।

Comments

comments