काठमाडौं । विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखी निब्र्याजी ऋण सुविधा पाउँनुपर्ने माग लामो समयदेखि सुनिदै आएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले यही माग राखी अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । विद्यार्थीहरुले अर्थिक वर्ष २०७३/०७४को बजेटको २५ प्रतिशत शिक्षा क्षेत्रका लागि छुट्टाउनुपर्ने माग समेत राखेका छन् ।

आर्थिक वर्ष २०७३/०७४को बजेटमा कम्तिमा पनि २५% बजेट शिक्षा क्षेत्रका लागि छुट्टाउनु पर्ने र २०७२ ले सुनिश्चित गरेको शिक्षा राज्यको दायित्व हो भन्ने कुरालाई कार्यान्वयन गर्नुपर्ने भन्दै अखीलले सोमबार अर्थमन्त्रीलाई दुई बूँदे ज्ञापन पत्र बुझाएको हो । अहिलेको समय मुलुकको विकास गर्न र अर्थतन्त्रलाई सबल बनाउन शिक्षित व्यक्तिको खाँचो रहेकाले उनीहरुको लागि सरकारले पनि प्रोत्साहन गर्नुपर्ने विद्यार्थी युनियनले जनाएको छ ।

त्यसैगरी विद्यार्थीहरुले प्राप्त गरेको शैक्षिक प्रमाण पत्रलाई धितो राखेर निव्र्याजी रुपमा स्नातकोत्तर तह उत्तीर्णलाई १० लाख , स्नातक तह उत्तीर्णलाई ७ लाख र १२ उत्तीर्णलाई ५ लाख श्रण उपलब्ध गराउनु पर्नेे माग समेत ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझदै अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थी युनियनले उठाएको माग सहि भएको बताउँदै उक्त मागमाथि छलफल गर्ने जानकारी दिनुभयो । बजेटको पुर्व सन्ध्यामा आएको यस्ता विषयको कदर गरेर बजेटमा प्रयोग हुने नहुने भन्ने कुरा छलफलको विषय भएकोले यसमा विचार गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रमा लगानी गर्दा भविष्यमा समेत यसको राम्रो प्रतिफल मिल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

Comments

comments