एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको घरेलु मैदानमा हुने यो सिजनको अन्तिम खेलको टिकटको मूल्य १५ हजार पाउण्ड (२२ लाख ६९ हजार चार सय ७४ नेपाली रुपैयाँ) मा बिक्रीका लागि प्रस्ताव गरिएको छ ।

आउँदो वैशाख २५ गते लिसेस्टरको मैदानमा एर्भटनसँग हुने खेलको टिकट सोमबार बिक्री गरिएको थियो । ९० मिनेट भित्र सबै टिकेट बिकेको थियो । त्यसको एक घण्टापछि नै विभिन्न व्यक्तिले एउटा टिकटको मूल्य तीन हजार पाउण्ड (चार लाख ५३ हजार ८ सय ९४ नेपाली रुपैयाँ) मा बिक्री गर्ने भन्दै विज्ञापन सुरु गरेका थिए । यस्तै जोडी टिकटको मूल्य त त्यो भन्दा धेरै प्रस्ताव गर्दै विज्ञापन भएको छ । एउटा अनलाइन रि–सेल वेब साइटले लिसेस्टरको मैदानमा हुने यो सिजनको अन्तिम खेलको एक डोजी टिकको मूल्य १५ हजार पाउण्डबाट सुरु हुने भन्दै विज्ञापन गरेको छ ।

लिसेस्टर सिटीले टिकटको कालोबजारी गर्ने विरुद्ध कारबाही गर्ने जनाएको छ । टिकटको पुनः बिक्री तोकिएको मूल्य भन्दा बढीमा गरेको पाए कारबाही गरिने क्लबले जनाएको छ । यो सिजन चामत्कारिक प्रदर्शन गरेको लिसेस्टर सिटी लिगका पाँच खेल बाँकी हुँदा दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । लिसेस्टरको ३३ खेलबाट ७२ तथा टोटनह्यामको ६५ अंक छ । लिसेस्टरले एभर्टनसँग खेल्नु अघि घरेलु मैदान किङ पावरमा वेष्ट ह्याम र स्वान्सी सिटीसँग खेल्नेछ ।

त्यसपछि म्यानचेस्टर युनाइटेडसँग वल्ड ट्राफर्डमा खेलेपछि फेरि एभर्टनसँग घरेलु मैदानमा खेल्ने छ । लिसेस्टरले लिगको अन्तिम खेल डिफेन्डिङ च्याम्पियन चेल्सीसँग चेल्सीकै मैदानमा खेल्ने छ ।

Comments

comments