काठमाडौं । पूर्व मिस नेपाल तथा नायिका झरना बज्रचार्य आमा बनेकी छिन् । उनले शनिवार बिहान पहिलो सन्तानका रुपमा छोरालाई जन्माएकी छिन् ।

नायिका बज्रचार्यले आफ्नो छोराको नाम समेत राखिसकेको बताएकी छिन् । हिन्दु धर्मको पवित्र शब्द ईशानबाट छोराको नाम ईशान राखेकी आमा बज्रचार्यले बताएकी छिन् । मलेसियामा रहँदै आएकी उनले त्यहीको अस्पतालमा बच्चा जन्माएकी हुन् । सेफ ल्यान्डीङ फिल्मकी नायिकाले फिल्म रिलिज पूर्व नै बच्चा जन्माएकी हुन् ।

jharnaaट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले आफ्नो नवजात शिशुको फोटो सार्वजनिक गरेकी हुन् । गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवालसँग बज्रचार्यले बिहे गरेकी थिईन् ।

Comments

comments