काठमाडौं । गत बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र विन्दू बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि परकम्पन जानेक्रम अझै बाँकी रहेको छ ।

अव परकम्पनको केन्द्रविन्दू काठमाडौं र मकवानपुर हुनसक्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रले नै काठमाडौं र मकवानपुर तर्फको भागमा परकम्पन आउने सक्ने बताएपछि सर्वसाधारणमा फेरि त्रास फैलिएको छ ।
तर परकम्पनबाट डराउँन भने नपर्ने उसले जनाएको छ । हल्ला र अफवाहको पछाडि नलाग्न पनि सर्वसाधारणलाई भूकम्प मापन केन्द्रले आग्रह गरेको छ ।

सोसल मिडिया र विभिन्न हल्लाहरु गरेर जनमानसलाई भ्रममा पार्ने काम भइरहेको भन्दै केन्द्रका प्रमुख लोकबिजय अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । अहिले पनि दैनिक वटासम्म भूकम्पका परकम्पनहरु गइरहेको भन्दै उहाँले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

भूकम्पवारे अफवाह फैल्याएर लुटपाट गर्ने गिरोह समेत विगतको दिनमा सक्रिय रहेको भन्दै उहाँले भूकम्पबारे कसैले पनि भविष्यवाणी गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

Comments

comments