काठमाडौं । झापा ११ लाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लबले मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रथम झापा गोल्डकप फूटवल प्रतियोगिताको उपाधि उचालेको छ ।

शनिबार सम्पन्न फाइनलमा खेलमा १—० गोल अन्तरको नतिजा निकाल्दै आर्मीले उपाधि चुमेको हो । झापाको डोमालाल रंगशालामा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १८ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले झापाको डिबक्स एरिया भित्र भएको घम्साघम्सीमा प्रहार गरेको गोलले जाली चुमेको थियो । हजारौं घरेलु दर्शकको साथ पाएको झापाले अन्तिम समयसम्म पनि गोल गर्न नसक्दा आर्मीले उपाधि जित्न सफल भयो । मध्यान्तर अघि १—० ले स्थितिमा रहेको खेललाई दोस्रो हाफमा पनि झापाले आर्मीलाई दबाबमा राख्न सकेन ।

पहिलो हाफमा झापाका विशाल राईले वान भर्सेज वानको स्थितिमा सानो डिबक्सबाट प्रहार गरेको गोल आर्मीका गोलरक्षक विकेश कुथुले रोकेका थिए । दोस्रो हाफमा पनि झापाका स्ट्राइकर कर्ण लिम्बु, विशाल राईले गोल गर्ने थुप्रै अवसरहरु पाए पनि सदुपयोग गर्न सकेनन् । जित सँगै आर्मीले मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको झापा गोल्डकपको विजेता बन्दै ६ लाख नगदसहित ट्रफी हात पा¥यो ।

उपविजेता झापा ११ ले भने ३ लाख नगदसहित ट्रफीमा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा म्यान अफ दि सिरिज झापा ११ कर्ण लिम्बु, उत्कृष्ट फवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ठ कोच आर्मीका चुनबहादुर थापा, सर्वाधिक गोलकर्ता झापाका कर्ण लिम्बु, फेयर प्लेयर टिम विभागीय टोली नेपाल प्रहरी, उदियमानी खेलाडी झापाका संयोग राई घोषित भए । नौं दिन सम्म चलेको प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहेको थियो ।

Comments