एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेट आईएसका समर्थकहरुले एक नयाँ भिडियो जारी गर्दै लण्डन,बर्लीैन र रोममा आक्रमण गर्ने धम्की दिएका छन् ।

आईएसका समर्थकहरुलेभिडियो सार्वजनिक गर्दै यस्तो धम्की नै दिएपछि ति स्थानहरुमा ठूलो झड्का लागेको छ ।

ब्रिटिश अखबार ‘द इंडिपेंडेंट’को एक रिपोर्टका अनुसार भिडियोमा पेरिस, ब्रसेल्स र ९ देखि ११ वटा हमलाका फुटेजहरु देखाइएको छ । भिडियोको सुरुवाती आइएसका विरुद्धमा लाग्ने देशहरुमा आक्रमण गर्ने विषयमा कडा शब्दमा चेतावनीदिइएको छ ।

यस्तो धम्कीपूर्ण म्यासेज सोमबार मात्रै सार्वजनिक गरिएको द इंडिपेंडेंटले जनाएको छ । जुन भिडियोलाई अल वाद मीडिया प्रोडक्शनले जारी गरेको छ । जुन आईएसको सर्मथक हो । ब्रसेल्समा हालै आक्रमण गरे लगत्तै आईएस्ले यूरोपमा आक्रमण गर्ने चेतावनीदिएको थियो ।

Please follow and like us:

Comments