मेलबर्न । अष्ट्रेलियामा पहिलोपटक महिला बास्केटबल प्रतियोगीता हुने भएको छ ।

नेपाली अष्ट्रेलियन युथ एशोसियसन नयाको आयोजनामा एकदिने महिला बास्केटबल टुर्नामेन्ट हुन लागेको हो । यही आइतवार अर्थात १० अप्रिलमा विहान ८ बजेदेखि अपरान्ह २ः३० सम्म हुने एबिके लयर्स सेकेण्ड नया कप एक दिवसीय बास्केटबल टुर्नामेन्ट अन्तर्गत महिला टोलीबीच पनि प्रतिस्पर्धा हुने भएको हो । यसपटक म्याग्दी गल्र्स र बेनी गल्र्स भिड्ने भएका छन् ।

टुर्नामेन्टको पुरुष तर्फको प्रतिस्पर्धामा भने ६ टिम सहभागी हुनेछन् । टोलीमा बिज बज्जर,ओयसिस वारियर्स,थकाली सेवा समाज,क्लब काठमाडौं,नया ए र नया वि रहेका छन् ।

टुर्नामेन्टमा ६ टिमको सहभागीता रहनेछ ।

Comments

comments