एजेन्सी । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच झडप भएको छ ।

उक्त झडपमा परि दुई जनाएको ज्यान गएको छ । बिहीबार बिहान काश्मिरको शोपिया जिल्लामा सरकारी सुरक्षाकर्मी र बिद्रोहीबीच झडप भएको र त्यस क्रममा दुई जना बिद्रोही मारिएको भारतको समाचार संस्था पिटिआइले जनाएको छ । बिहान पाँच बजेदेखि सुरक्षाकर्मी र बिद्रोहीबीच झडप सुरु भएको हो ।

मारिएका बिद्रोही हिजबुल मुजाहिदीन समूहका रहेको जनाइएको छ । सुरक्षाकर्मीले यो विषयमा छानबिन गरिरहेको छ ।

Please follow and like us:

Comments