काठमाडौं । आफ्नै बोलीका कारण पटक पटक आलोचित भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जोसिलो भाषण गर्न भने कहिल्यै छाड्नु भएको छैन ।

काठमाण्डौमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनताको लडाइँ कुनै पनि बेला विस्फोट हुन सक्ने बताउनुभएको छ ।

बुधबारबाट काठमाण्डौमा सुरु भएको सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै दाहालले देशको भविश्य अझै सुनिश्चित भइनसकेको बताउनु भएको हो । उहाँले संविधान बनेपनि कार्यान्वयनमा थुप्रै चुनौती रहेको बताउनुभयो । उहाँले कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने बेला आउन सक्ने र लडाइ लड्नु पर्ने हुनसक्ने भन्दै सबै कार्यकर्तालाई तयार भएर बस्न आग्रह गर्नुभयो । उहाँले माओवादीहरुलाई एकताबद्ध नगरेसम्म आफु नथाक्ने पनि बताउनुभयो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले पछिल्लो समय माओवादीहरु बिग्रिएको समेत बताउनुभयो । जनयुद्ध गरेको भन्दैमा घमण्ड गर्न नहुने उहाँको भनाई छ ।

Comments

comments