काठमाडौं । नेपाली लोक तथा दोहारी गीतहरु नेपाली पहिचान पनि हुन् । किनभने लोकगीतले नेपालभित्रका बिशेष ठाउँ परिबेशको मौलिकतालाई झल्काउँदछ ।

यति मात्र होइन लोकगीतहरुले नेपाली जनजीबन बोलीरहेको हुन्छ । चाहे दुखमा होस या सुखमा लोकगीत नेपाली दैनिकीमा अपरिहार्य जस्तै मानिन्छ । तर यिनै लोक दोहारी गीतहरु पछिल्लो समयमा व्यवसायको नाममा छाडा र अश्लिल बन्दै गएको श्रोता दर्शकको गुनासो छ । त्यसैले लोक दोहोरी गीतको मौलिक पहिचानको संरक्षण गर्दै पुराना स्रष्टाको सम्मान र नया प्रतिभाको प्रोत्साहनका लागि बुधवारदेखि काठमाण्डौमा दोस्रो अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय लोक दोहोर्रीगीत प्रतियोगिता सुरुभएको छ ।

हाम्रो आभियान, लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान, नब प्रतिभाको प्रोत्सान भन्ने मुल नाराका साथ राष्टिय लोक तथा दोहारी गीत प्रतिष्ठानको आयोजनामा बुधबारदेखि काठमाण्डौको भृकुटिमण्डपमा दोस्रो अन्तरदोहोरी साझ स्तरीय राष्टिय लोक दोहोर्रीगीत रनिङशिल प्रतियोगिता सुरुभएको हो । प्रतियोगितामा हरेक जिल्ला र क्षेत्रबाट कलाकारहरुको बाक्लो उपस्थिती रहेको छ । कार्यक्रमको समुद्घाटन सरकारका प्रबक्ता एबं सुचना तथा संचार मन्त्री शेरधन राईले गर्नुभएको थियो ।

समुद्घाटनसंगै मन्त्री राईले पनि लोक गीत गाउनुभएको थियो । मन्त्री राईको प्रस्तुतीले उपस्थित कलाकारहरुमा थप हौसला एबं उत्साह थपिदिएको थियो । त्यसपछि कार्यक्रममा कलाकारहरुले लोभलाग्दो प्रस्तुती प्रस्तुत गरेका थिए ।

लोक गीतको संरक्षण र संबर्धनमा जुटेको नेपालको एकमात्र संस्था राष्टिय लोक तथा दोहारी गीत प्रतिष्ठानले खेलेको भुमिकाको स्मरण गर्दै लोक गायक बद्री पंगेनीले लोक संगीतका कलाकार र लोक सांस्कृतिक क्षेत्रको बिकासका निम्ति ध्यानाकर्षण गराए । राज्यले हेला गरेकै कारण भोको पेटले संस्कृति धानीरहेका थुपै लोक दोहोरी गीतका स्रष्टा सर्जकहरु बिदेश पलायन हुनुपरेको भन्दै उनले दुख प्रकट गरे ।

आइतबारसम्म चल्ने प्रतियोगिताले पछिल्लो समय लोक दोहारीमा भित्रिएको अश्लिलता र छाडापनको अन्त्य गर्नमा बिशेष भुमिका खेल्ने स्रष्टाहरुले बिश्वास छ ।

Comments

comments