काठमाडौं । व्यापार र पर्यटनमा प्रख्यात रहेको ठमेल पछिल्ला दिनहरुमा अपराधको अखडा बन्दै गइरहेको छ । गाजाँदेखि ब्राउन सुगरसम्म र लुटपाटदेखि यौन धन्दाका लागि व्यवसायीहरुले ठमेललाई उपयोग गर्दा ठमेको वदनाम हुन पुगेको हो ।

हिप्पीहरुले छाडेको दशकौं बितिसक्दा पनि ठमेलका गल्लीहरुमा गाँजा चरेस भेटिन छाडेका छैनन् । रात्रीकालीन व्यवसायले अपराधलाई थप वढावा दिदैछ । सरकार न गतिलोसँग निगरानी गर्न सक्छ, न व्यवस्थापन नै ।

यी र यस्तै धुनहरुले ठमेललाई विश्व विख्यात बनायो । कुनैबेला यो हिप्पीहरुको ठमेल थियो । त्यतिबेलाको कुरै बेग्लै । सबै स्वतन्त्र र स्वच्छन्द । ठमेलमा नेपाल कम र विश्व ज्यादा देखिन्थ्यो । त्यसमा पनि झोंसे गल्ली, पर्यटक र ठमेलको केन्द्र नै मानिन्थे । पुरानो ठमेल । जहाँ हाकाहाकी गाजाँ चरेसहरु विक्री हुन्थे । सारङ्गीका धुनमा लठ्ठिदै पर्यटकहरु नेपाल आउदाँ सबै प्रफुल्ल । पुरानो ठमेलको स्वरुप फेरिएको छ । ८० को दशकपछि गाँजा चरेसको कारोवार र सेवन त रोकियो । तर सबैकुरा उपलब्ध हुने ठमेल, व्यवस्थापकीय कमजोरी र सरकारी निकायको पर्याप्त निगरनी हुन नसक्दा पछिल्ल दिनहरुमा वदनाम बन्दैछ । विदेशीहरुको आवगमन बढेसँगै व्यवसायीहरुले ठमेललाई मौकामा चौकाको रुपमा उपयोग गरिरहेको प्रहरीको आशंका छ । त्यसैले प्रहरी ठमेलका हरेक गल्लीमा हुनसक्ने आपराधिक छायाँहरुमा निगरानी बढाइरहेको छ ।

घाम अस्ताउदै गएसँगै ठमेल जाग्न थाल्छ । वार, क्याविन, डिस्को थेग र दोहोरी साँझहरु । ठमेललाई जागैै राख्नमा काफी छन् । प्रहरीको दुई हप्ते कारवाहीले क्षेत्रपाटी भोजनालयमा यौन धन्दा चलाईरहेको अरोपमा सञ्चाकसहित ६ जना युवायुवती, गमलामा गाजा उत्पादन गरेको भन्दै रेष्टुराका म्यानेजर सहित दश जना युवाहरु, व्राउन सुगर कारोवार गरेको अभियोगमा दुई युवाहरुलगायत दुई सय मानिसहरुलाई नियत्रणमा लिएको थियो । तर केही व्यक्ति र व्यवसायीको गलत कामले ठमेलको वदनाम भए पनि सबै व्यवसायी खराव नभएको आमव्यवसायीहरुको भनाई छ । गलत गर्नेहरु विरुद्धको प्रहरीको अभियानमा भने साथ रहने उनीहरु बताउँछन् । त्यसैले, रात्रीकालीन मनोरञ्जन उपसमिति गठन गरेर ठमेललाई सुरक्षित बनाउन लागिपरेका छन् केही व्यवसायीहरु ।

सारङगी वादकहरु मैलिक धुन सुनाउदै पर्यटकहरुलाई मोहित बनाइरहेका हुन्छन् । रिक्साचालकहरु पर्यटकको सेवाका लागि तल्लीन छन् । असन, ठमेल र क्षेत्रपाटीका गल्लीहरुमा असरल्ल भेटिन्छन् । सामान्य नाङलो पसलहरु पनि । तर ठमेल अध्याँरो छायाँमा हराउदै जाँदा गाँजा, चरेसको कारोवारमा यिनीहरुको पनि संलग्नता हुने प्रहरीको भनाई छ । तर तिनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी गर्दै छ प्रहरी ।

रात्रीकालीन हव बन्दा ठमेलले ख्यातीसँगै अनेक झमेलाहरु व्यहोनुपरेको छ । मध्यरातसम्म जागै रहने ठमेल कहिलेकाही जघन्य अपराधको साक्षी बस्नु पर्छ । तर ठमेलको व्यवस्थापन, प्रवद्र्धन र अपराधको नियन्त्रणका लागि सरकार मौनप्राय छ ।

Please follow and like us:

Comments