विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस तत्काल सरकारमा जाने कुनै योजना नरहेको प्रष्ट पार्नुभएको छ ।

उहाँले काँग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताउँनुभयो । तर, सरकारको काम प्रति भने उहाँले असन्तुष्टि जनाउँनुभयो ।

भूकम्पपछि दाता राष्ट्रहरुबाट प्राप्त सहयोग रकम समेत खर्च गर्न नसक्नु सरकारको लाचारीपन भएको उहाँको टिप्पणी थियो ।
विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयन, भूकम्प पछिको पुर्न्निमार्णका लागि दलहरुबीच एकता आवश्यक रहेको बताउँनुभयो । सवैभन्दा ठुलो दलको हैसियतले राष्ट्रिय एकताका लागि कांग्रेसले पहल गर्ने उहाँले बताउँनुभयो ।

आन्दोलनले समस्याको समाधान नहुने भन्दै उहाँले वार्ता र छलफलबाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।

Comments