काठमाडौ । नेकपा एमाले पोलिटब्युरो बैठक बुधवार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नु भएको प्रतिवेदनमााथि छलफल शुरु हुनेछ ।

१२ पेज लामो प्रतिवेदनलाई पोलिटब्युरो बैठकले पारित गरेपछि केन्द्रीय समिति बैठकमा पेश हुनेछ । प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा, भारतसँगको सम्बन्ध र नाकाबन्दी पछिको अवस्था, अबको राजनीतिमा कांग्रेससँगको सहकार्यका विषयमा उल्लेख गरिएको छ । ती विषयमा सदस्यहरुले धारणा राखेपछि प्रतिवेदनमा समावेस गरिने कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेले पार्टी्भित्र देखिएको मनोनयन बारेको विवाद मिलाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा मंगलवार तीन सदस्यीय कार्यदल गठन गरेको छ । विवादका कारण केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयन हुन सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदल गठन गरेको हो ।

Comments

comments