त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान बंगलादेशको जहाजको बायाँपट्टिका दुईवटै टायर पङ्चर भएको छ |
विमानस्थल स्रोतका अनुसार सोमबार  दिउसो साढे २ बजे सो घटना भएको हो। जहाज धावनमार्गमा कुदिरहँदा टायरमा आगो देखिएको थियो। त्यस लगत्तै विमानलाई ‘रनवे’बाट ट्याक्सी वेमा ल्याइएको थियो। त्यस बेलासम्म जहाजको टायरबाट धुँवा निस्किरहेकाले सम्भावित आगलागी नियन्त्रणका लागि ३ दमकल तैनाथ गरिएको थियो। घटनापछि विमान बंगलादेशको सो जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गराईएको छ |
दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन |
Please follow and like us:

Comments