एजेन्सी । सवारी साधानहरु आपसमा ठोक्किएर हुने दुर्घटना त सामान्य नै हो तर दुईवटा विमान आपसमा ठोक्किएर हुने दुर्घट्ना चाहिं दुर्लभ हो । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको विमानस्थलमा दुई वटा विमान आपसमा ठोक्किएर यस्तो दुर्लभ दुर्घट्ना भएको छ ।

एक आपसमा ठोक्किएपछि विमानको पखेटामा आगो लागेको विमानस्थलका अधिकारीले बताएका छन् । उडान भर्ने क्रममा रहेको बाटिका एयरको विमान ट्रान्सनुसा एयरको विमानको पछाडिको भागमा ठोक्किएको हो । बाटिका एयरको विमानको पखेटाले ट्रान्सनुसा एयरको विमानको पछाडिको भागमा ठक्कर दिएको हो ।

सोमबार राति भएको घटनामा कोही पनि यात्रु घाइते नभएको इन्डोनेसियाका अधिकारले बताएका छन् । विमानका सबै यात्रुलाई सकुशल उद्दार गरिएको विमानस्थल अधिकारीले बताएका छन् । इन्डोनेसियामा विमान सुरक्षा कमजोर छ ।

घटनापछि जकार्ताको हालिमा पेर्डानाकुसुमा विमानस्थल केही बेर बन्द भएको थियो । बाटिका एयरको विमानमा यात्रु र चालक दलका सदस्य गरी ४९ जना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

Comments

comments