काठमाडौँ । ब्रिटेनको हल सिटीमा रहेको यो घर साधारण देखिएपनि यो घर साधारण होइन । भूतको आतंकका कारण यस घरका मालिक यहाँ बस्न नै छाडेका छन् ।

यहाँ बसुन्जेल यसका मालिक ३९ वर्षीय एंडी येट्स सँधै तनावमा मात्रै देखिने गरेको डेलीमेलले छापेको छ । यस घरमा एउटा भाडामा बस्ने मानिसले मात्रै बढीमा ४ दिन बिताउन सकेको एंडी बताउँछन् ।bhut-ghar 1

सात वटा बेडरूम भएको यस घरकाई ‘द होस्टल’ के नामले बोलाइन्छ । यस घरका मालिकका अनुसार यस घर भित्रबाट एउटा बच्चा बुच्चड (घरमा प्रयोग हुने हतियार ) लिएर निस्किन्छ । २४ वर्ष पहिले एक महिला यो घरमा बस्न आएकीथिइन् । ति महिलाको पनि भूतले घाँटी थिचेर हत्या गरेको एंडी बताउँछन् ।

एंडीका अनुसार आगामी १३ अप्रिलमा भूत विशेषज्ञलाई  यस घरमा भूत भगाउनका लागी बोलाइएको छ । घरका मालिक येट्स स्वयम दाबी गर्छन् कि उनले घरमा एक बच्चा भूतको रुपमा देखेका थिए । र १५ मिनेट पछि उ आँफै बिलाएर गयो । यस घरमा भूत केहीघण्टाको अन्तरमा १५ मिनेटका लागी मात्रै देखिन्छ ।

bhut-ghar2एंडीका अनुसार यस घटना प्रहरीलाई बताउँदा प्रहरीले धोका भएको बताए पनि एकदिन अनुसन्धानका लागी घरभित्र छिरेको प्रहरी किताब राख्ने दराजबाट चर्को आवाज आएर पल्टिएपछि प्रहरी बिच नै भागदौड मच्चिएको थियो । घर धनिका अनुसार यो घर भित्रको ठूलो आलमारीमा कैयौँ बच्चाहरुलाई बन्धक बनाएर राखीएको छ ।

Comments

comments