मेलबर्न । नेपाली गीत संगीत र कलाकारलाई माया गर्ने मेलबर्नवासी नेपालीहरुका लागि सुखद खबर छ । किनभने नेपाली नयाँ वर्ष २०७३ को अवसरमा तपाईहरुका प्रिय गायक गायिकाहरुलाई तपाईको आँखै सामून्ने तपाईहरुसँगै तपाईलाई नै मनपर्ने गीतहरु गाएर तपाईलाई नचाउँन आउँने भएका छन् । त्यही पनि एक जना वा दुई जनाक कलाकार होइन एकैपटक चार चार जना ।

मेलबर्नमा हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ मा सहभागी बन्न नेपालबाट युवा पुस्ता माझ निकै चर्चित कलाकारहरु नेपालबाट आउँने भएका हुन् । आगामी मे २२ का दिन हुने कार्यक्रममा सहभागी हुन नेपाली तारा २ का विजेता तथा अहिलेका व्यस्त गायक सन्तोष लामा,लोक गायनका स्टार मिलन लामा,आफ्नो हट,सेक्सी अदा र सुरिलो स्वरले धुम मच्चाउँन खप्पीस लोक गायिका ज्योति मगर र युवा पुस्ता माझ लोकप्रिंय राजाराजेन्द्र मेलबर्न आउँने भएका हुन् । यो कार्यक्रमलाई हाम्रो इभेन्टसले आयोजना गर्न लागेको हो भने मेरो कन्सल्ट्यान्सी मूख्य प्रायोजक रहेको छ ।

dharaharaकार्यक्रमको टिकट मूल्य २५ डलर रािखएको छ । तर तपाईले त्यसमा पाँच डलर थप तिर्नुभयो भने ८ डलर मूल्य पर्ने नेपालको धराहराको सुन्दर किचेन अर्थात किरिङ पाउँनुहुनेछ । भूकम्पबाट भग्नावशेषमा रुपान्तरण भएको धराहराको पुननिर्माण अभियान अहिले जारी छ । भूकम्पपछि पनि नेपाली पहिचान र चुलिदो स्वाभिमान अझै उस्तै छ र राखिराखौं भन्ने सन्देश दिने उदेश्यले धराहरा अंकित किचेनको व्यवस्था गरेको आयोजकको भनाई छ ।

Comments

comments