काठमाडौं । व्यवस्थापिका संसद्को कार्यसञ्चालन नियमावलीको विवाद टुंग्याउने प्रक्रिया बिहीबारसम्म सरेको छ ।

मतदान प्रक्रियाबाट सोमबार नै विवाद टुंग्याउने भनिए पनि समिति सभापतिको प्रस्तावमा बिहीबारसम्मका लागि सारिएको हो ।

सिंहदरबारमा सोमबार बसेको नियमावली समितिको बैठकले विवादका विषयमा मतदान गराउन फरक मत दर्ता गर्ने समय मंगलबार दिउँसो मध्याह्न १२ बजेसम्मका लागि तोकेको छ । त्यसपछि बिहीबार मतदान प्रक्रिया सुरु हुनेछ ।

मतदान प्रक्रिया अघि बढाउने निर्णय सोमबारको बैठकले गरेको समिति सदस्य रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments