एजेन्सी । गुगलले बिद्रोही संगठन तालिबानको एन्ड्रोइड मोबाइल एप्लिकेशन प्ले स्टोरबाट हटाएको छ । यो एप अप्रिल एक अर्थात चैत २० गते सार्वजनिक भएको थियो ।

तालिवानको मोबाइल एप अलमाराहमा रहेका सामग्री पश्तो भाषामा छन् । यो एप तालिवानको गतिविधिसँग जोडिएको अफगानिस्तानको एक बिद्रोही समूहले बनाएको थियो । यसमा भिडियो पनि छ ।
सार्वजनिक भएको केही समयपछि नै एप प्ले स्टोरमा देखिएको थिएन । समूहले यसलाई प्राविधिक कारण भनेको थियो । यो जानकारी अमेरिकामा रहेको बिद्रोही गतिविधिमा निगरानी गर्ने संगठन इन्टेल ग्रुपले दिएको थियो ।

तर यो एपलाई प्ले स्टोरबाट हटाउनुको कारण गुगल एपको नीतिको उल्लंघन गर्नु रहेको छ । गुगल एपको नीति अनुसार विभाजन वा घृणा फैलाउने खालका सामग्री भएको एप स्टोरमा रहँदैन । गुगलले यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।

Comments

comments