मेलबर्न । नेपाली चलचित्र क्षेत्रमा सफल ब्राण्ड नेमकै रुपमा स्थापित नाई नभन्नु ल को चौथौ संस्करण आफ्नो रिलिज मितिको पर्र्खाइमा छ ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको यो चलचित्र एकैसाथ नेपाल सहित अष्ट्रेलियामा समेत रिलिज गरिदैछ ।

अष्ट्रेलियामा नाई नभन्नु ल ४ फरक फरक मितिमा विभिन्न राज्यहरुमा प्रदर्शन हुँदैछ । त्यहीक्रममा मेलबर्नमा भने अप्रिल १७ का दिन स्थानीय नोभा सिनेमा हलमा प्रदर्शन हुँदैछ । स्मार्ट एक्सेसले नाई नभन्नु ल ४ लाई मेलबर्नमा प्रदर्शन गर्ने जिम्मेवारी र अधिकार पाएको छ ।

प्रियांका कार्की,पल शाह,बर्षा शिवाकोटी,अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई दिनेश पोखरेल र हरिबोल भण्डारीले निर्माण गरेका हुन् ।

Comments

comments