भक्तपुर । अश्लिल गाली गर्दा भक्तपुरमा एकजनाको ज्यान गएको छ । भक्तपुरको चित्तापोलमा पुष्करराज कार्कीको हत्या संलग्न भएको भन्दै प्रहरीले ५ जना पक्राउ गरेको छ ।

काभ्रे सिपालीका बज्रसिंह लामा, मानबहादुर लामा, काभ्रे चापाखोरीका रामबहादुर लामा, कुमार लामा र रामेछाप हिलदेवीका युवराज लामालाई पक्राउ गरिएको डिएसपी सेखर खनालले जानकारी दिनुभयो ।

चित्तापोल स्थित रहेको शिव बहादुर कार्कीको जग्गामा लक्ष्मी गोसाई समेतले संचालन गरेको काचो इट्टा बनाउने गरेको स्थानमा बनाईएको कामदार बस्ने टहरोमा भक्तपुर सुर्य्बिनायक नगरपालिका वडा नं।१३ चित्तापोल कार्कीगाँउ बस्ने कार्कीको आइतबार शंकास्पद तरिकाबाट मृत्यु भएको थियो ।

सामान्य विवादमा कार्कीले आफूहरुलाई अश्लिल गाली गरेका कारण उनको हत्या गरेको उनीहरुले प्रहरीसामु वयान दिएका छन् ।

Comments

comments