काठमाडौं । पुनर्निर्माण प्राधिकरणले आइतवार स्थानीय विकास मन्त्रालयसँग समन्वय गरेर भूकम्पबाट अति प्रभावित आठ जिल्लाका विभिन्न गाविसमा भूकम्प पीडितहरुको नामावली सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार ओखलढुंगाको सिद्धीचरण नगरपालिकामा ४७, सिन्धुलीको झागाभोलीमा ११७८,नुवाकोटको खरानीटारमा ४०८, रामेछापको ओख्रनीमा ७५९,रसुवाको विडीममा १९३, धादिङको मारपाकमा १००३, गोरखाको अंशपुरमा ९४४, काभ्रेपन्लाचोको रविओपीमा ९७० को सूचि सार्वजनिक गरिएको छ । ती सूचिमा नाम भएका भूकम्प पीडितहरुसँग २८ गतेभित्र सम्झौता गरी काम अगाडि बढाइने प्राधिकरणले जनाएको छ । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक लगायतका अन्य जिल्लाहरुमा पीडितको बिषयमा सहमति हुन नसक्दा नामवाली सार्वजनिक गर्न कठिन भएको प्राधिकरणको भनाई छ ।

भूकम्प गएको एक बर्ष वित्न लाग्दा समेत प्राधिकरणले काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्राधिकरणले काम अगाडि बढाएको हो ।

Comments