काठमाडौं । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त आइतवार हुँदैछ । उपाधिका लागि इंग्ल्याण्ड र वेष्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल कोलकाताको इडन गार्डेन मैदानमा बेलुका सवा सात बजे शुरु हुनेछ । इंग्ल्याण्ड सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराएर फाइलनमा पुगेको हो । यस्तै वेष्ट इन्डिजले आयोजक भारतलाई सात विकेटले नै हराएर फाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवैले यसअघि एक एक पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि जितेका छन् ।

इंग्ल्याण्डले सन् २०१० मा वेष्ट इन्डिजमा भएको खेलमा अस्ट्रेलियालाई सात विकेटले हराएर उपाधि उचालेको थियो । यस्तै वेष्ट इन्डिजले सन् २०१२ मा श्रीलंकामा भएको खेलमा घरेलु टोलीलाई ३६ रनले हराएर उपाधि जितेको थियो । इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवै टोली यो पटक उपाधि उचाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकपमा दुई पटक उपाधि जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

इंग्ल्याण्ड इओन मोर्गान तथा वेष्ट इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ ।

Please follow and like us:

Comments