सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका चर्चित गायक राजेस पायल राई एका एक कार्यक्रम स्थलमा नै बम्किए | उनकै भनाईमा कारण थियो ” अपमान” | रार्इले आफुलार्इ सम्मान नगरेको भन्दै आइतबार साँझ कार्यक्रमस्थलमा तनाव सिर्जना गरे ।

मलेसियामा रहेको नेपाल आदिवासी जनजाति महासंघले डिआइडी लिटिल मास्टर्सको उपाधि जितेकी नेपाली कलाकार टेरिया मगरलार्इ सम्मान गरेको तर आफुलार्इ नगरेको भन्दै उनले होहल्ला गरेका हुन् । क्वलालाम्पुरमा रहेको खुकुरी रेष्टुरेण्टमा आयिजित  कार्यक्रममा गायक राजेशपायल राईले आफु वरिष्ठ रहेको र आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप समेत हुन पुगेको थियो |

आयोजकको पुर्व योजना आनुसार टेरियालार्इ मात्र सम्मान गर्ने  निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आयोजकको आरोप छ  ।

संस्कृतिक कार्यक्रम सहितको राजेश र टेरिया सहित नायिका पुजना प्रधान, लोक गायक पशुपति शर्मा लागयतका कलाकारहरुको टोलि अहिले मलेसियाको पेनाङ शहरमा छन् ।

Comments