श्रीकृष्ण सिलवाल,मेलबर्न ।नयाँ वर्ष २०७३ को अवसरमा मेलबर्नमा आयोजना हुने लागेको लाइभ दोहोरी कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले साथ दिने भएको छ ।

नेपाली नयाँ वर्ष २०७३ लाइभ दोहोरी कार्यक्रमको प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनलले साथ दिन लागेको हो । अष्ट्रेलियामा अध्ययन गर्न आउँने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिदै आएको ग्रेस इन्टरनेशनलले मेलबर्नमा पहिलोपटक हुन लागेको प्रत्यक्ष दोहोरी कार्यक्रमलाई प्रायोजन गर्न लागेको हो । नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्नु पनि हामी नेपालीकै दायित्व हो,त्यसैले पहिलोपटक मेलबर्नमा हुन लागेको नेपाली लोक दोहोरी कार्यक्रमलाई प्रायोजन गर्न पाउँदा खुशी लागेको छ,ग्रेस इन्टरनेशनलका निर्देशक दीपक आचार्यले बताउँनुभयो ।

एनआरएनए भिक्टोरिया र चितवन समाज भिक्टोरियाको आयोजनामा हुन लागेको दोहोरी कार्यक्रम यही अप्रिल १८ तारिख सोमवारका दिन हुँदैछ ।

कार्यक्रममा सहभागी हुन लोकप्रिय रोयला तथा दोहोरी गायक पशुपति शर्मा र सम्झना लामिछाने मगर नेपालबाट आउँने भएका छन् । साथै स्थानीय कलाकारहरु तारा गैरे र विराज थापाको समेत आकर्षक प्रस्तुति रहनेछ ।

गायक पशुपति शर्माको बहुचर्चित गीत मलाई जापान पनि यहीको म्यूजिक भिडियो हेर्नुहोस् :

Comments

comments