लामो समय देखि निस्क्रिय रहेका नेकपा माओवादी लगाएतका ३३ दलीय मोर्चा मोदीको नेपाल भ्रमण नजिकिँदै गर्दा आफ्ना तर्क अघि सार्दै बिरोधको स्वर चर्काउन थालेका छन् |३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नेपाल आउने दिन विरोध सभा गर्ने भएको छ ।
बैद्य माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आइतबार  बसेको बैठकले पञ्चेश्वर परियोजनालाई अघि बढाउने, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको सहजिकरण र प्रोत्साहन गर्ने सहितको सहमतिको विरोध गरेको छ । माओवादी नेता सुरेश आलेमगरका अनुसार १७ गतेसम्म भित्तेलेखन, ज्ञापनपत्र बुझाउने सहितका कार्यक्रम हुनेछ भने मोदी नेपाल आउने दिन साउन १८ गते २ बजे शान्तिबाटिकामा विरोध प्रदर्शन र सभा गरिनेछ ।
३३ दलको बैठकमा उर्जा व्यापार सम्झौता भए १९ गते उपत्यका बन्द आहृवान गर्नेसम्मको आन्दोलनका कार्यक्रमबारे समेत छलफल भएको एक नेताले बताएका छन् ।

Comments