काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा आहिले केही समयपछि बस्ने बैठकमा विशेष गरेर मन्त्रालयका नियमित विषयमा छलफल हुनेछ ।

बैठकमा पुनःनिर्माणका विषयमा भइरहेको ढिलासुस्तीमा पनि छलफल हुने एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका विषयमा पनि मन्त्रीहरूलाई जानकारी गराउनु हुने बुझिएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कराण आजका लागि सारिएको थियो ।

Comments

comments