आज फेसबुक खोल्नु भयो ? भनेर कसैले सोध्नु नपर्ने भैसक्यो | बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले फेसबुकका नोटिफिकेसन मेसेजमा नजर कुदाउनेको संख्या बिस्तारै कम हुदै छ |  हरबखत फेसबुकमा झुण्डिरहनेहरुका लागि एउटा खुशीको खबर छ । फेसबुकबाटै अब सपिङ पनि गर्न पाइने भएको छ ।

आफ्नो नेटवर्कमा अर्बौ जनालाई जोड्न सफल भएपछि फेसबुक अब विभिन्न नयाँ नयाँ काम गर्ने योजनाका साथ लागिपरेको छ । फेसबुक सपिङ छिट्टै सुरु हुने घोषणा फेसबुकले हालै मात्र आफ्नो फेसबुक फर बिजनेश ब्लग मार्फत गरेको हो । उपभोक्ताहरुले अब फेसबुकबाटै आफूलाई मन परेका सामान सीधै कम्पनीबाटै खरिद गर्न सक्नेछन् । यो विशेषताको साथै डेक्सटप होस् या मोबाइल फेसबुकको पेजमा विज्ञापनका लागि बनाइएका बटनमा क्लिक गरेर सीधै कम्पनीबाट ती उत्पादन किन्न सक्नेछन् । फेसबुकले यो विशेषताबारे अहिले परीक्षण गरिरहेको छ । परीक्षणकालमा अहिले अमेरिकाका मध्यम तथा साना कम्पनीहरुमा यो योजना लागू गरिरहेको छ ।

फेसबुकका अनुसार आउँदो विहीवारदेखि फेसबुकको साइट र मोबाइल एपमा केही खास उत्पादनहरुको लागि किन्न सकिने ( बाइ )विकल्प उपलब्ध हुनेछ ।

Comments

comments