पर्वत । नयाँ बुहारी राम्री, जाँगरिली र पहिरन ढपक्कै ढाक्ने होऊन् भन्ने चाहना सबैको हुन्छ ।

तर, पर्वतको क्याङमा आउने बुहारीको क्षमता त्यत्तिले मात्र पुग्दैन । किनभने उनी भलिबल खेल्न सक्नेसमेत हुनुपर्छ ।
९५ प्रतिशत मगर समुदाय रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल ठहरिन्छन उति नै असल पनि ।

त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन् । नभए दिनहुँ अभ्यास गराएर भएपनि सिक्न लगाइन्छ।

Comments

comments