काठमाडौँ । अनमोल केसीको २२ औ जन्मदिनको अबसर पारेर चलचित्र ‘गाजलु’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

बुधबारबाट युवा पुस्ताका स्टार नायक अनमोल २२ बर्ष पुरा गरेका छन् । २०७३ सालको बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को फर्स्टलुक पोस्टर अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई देखाईएको छ ।

चलचित्र ‘गाजलु’लाई रोहित अधिकारीले निर्माण तथा हेमराज वीसीले निर्देशन गरेका हुन् ।चलचित्रमा अनमोल र सृष्टीको अलावा सलोन बस्नेत, गौरव पहारी ,मेनका प्रधान र ऋतिक शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र जेठ २१ बाट रिलिजको तयारीमा रहेको रहेको छ । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, हर्कुलस बस्नेत र जयन जीको संगीत रहेको छ ।

Comments

comments