एजेन्सी । अपहरणमा परेको इजिप्ट एयरबाट त्यसमा सवार महिला र बालबालिकालाई अपहरणकारीले छोडेको छ।

विमान अपहरण गर्नेको पहिचान नभएपनि सम्पूर्ण प्रहरी बल विमानस्थलबाट हटेमा महिला र बाल बालिकालाई मुक्त गर्ने प्रस्ताव अपहरकारीका तर्फबाट आएको थियो।

इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको थियो। ८१ यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो।

बिबिसीका अनुसार उक्त विमान अहिले साइप्रसको लारनाकामा अवतरण गरेको छ। विमानमा कम्तिमा एक अपहरणकारी रहेको बताइएको छ।

Comments