मेलबर्न । अष्ट्रेलियाको ब्रिसबेनमा आयोजित इन्टरस्टेट कप क्रिकेटको उपाधि यसपटक भिक्टोरिया राज्यले जितेको छ । न्यू साउथ वेल्सलाई पराजित गर्दै भिक्टोरियाले उपाधि जितेको हो ।

भिक्टोरियाले टस जितेर बलिङ रोजेको थियो । न्यू साउथ वेल्सले सबै २० ओभर खेल्दै १३६ रन जोडेको थियो । उसका लागि केशव पन्तले ५ विकेट लिएका थिए । १३६ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रेको भिक्टोरियाले १७ दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । सुमन सिंहले उत्कृष्ट इनिङ्स खेल्दै नटआउट ५४ स्कोर गरेका थिए ।

म्यान अफ द म्याच केशव पन्तले जिते भने सुनाम गौतम म्यान अफ द सिरिज बन्न सफल भए ।

Comments