मेलबर्न । अष्ट्रेलियाका विभिन्न पाँच शहरमा सफलतापूर्वक बजाउँछ अष्ट्रेलिया नामक म्यूजिकल टुरको समापनको अवसरमा मेलबर्नमा मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गरिएको छ ।

बजाउँछ अष्ट्रेलिया म्यूजिकल टुरका मूख्य आयोजक नेप्ले इभेन्टस्ले विग बेली रेष्टुराँमा आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा म्यूजिकल टुरमा सहभागी द एज व्याण्ड र र्यापर यमबुद्धको साथमा विभिन्न कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

meet 1सो अवसरमा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउँन सहयोग गर्ने सहयोगी,प्रायोजक र नेप्लेका टिम सदस्यहरुलाई पनि प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै मिडिया पब्लिसिटीमा सहयोग पुर्याउँने मिडिया पार्टनरहरुलाई पनि प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।

Comments

comments