मेलबर्नमा नै पहिलो पटक नेपाली म्युजिक भिडियोको प्रिमियर  गरिएको छ | जीवन रसाईली को क्यामेरा, सम्पादन तथा  निर्देशनमा तयार पारिएको गायक रामकृष्ण ढकालको चर्चित एल्बम  बाचुन्जेलीलाई मा समावेश भएको गीत “नभए तिमि यो संसारमा” को म्युजिक भिडियो आइतबार मेलबर्नमा प्रिमियर गरिएको छ |
अष्ट्रेलियाका लागि नेपाली काउन्सलर चन्द्र योन्जन को प्रमुख आतिथ्य, समाज सेवी तथा कंडेल कन्सलटेन्टका खगराज  कंडेल लगायत सन्चारकर्मीहरुको उपस्थितिमा म्युजिक भिडियोका मुख्य पात्र होम दवाडीको निवासमा उक्त प्रिमियर सो को  आयोजना गरिएको हो | केहि समय अघि बेपत्ता मलेसियन एअरलाइन्सको बिमान दुर्घटनालाई आधार मानेर कथा वस्तु तयार पारिएको उक्त म्युजिक भिडियो दर्शक श्रोतको मन छुने खालको बनेको प्रिमियर सो पश्चात् आफ्नो अभिव्यक्ति राख्दै प्रमुख अतिथि योन्जनले भिडियो निर्माण पक्षको तारिफ गर्नुभयो | निर्माण पक्षको मेहेनत प्रष्ट देखिने यस्ता यथार्थ परक सामग्रीले गीतको भावलाई श्रोता दर्शक माझ अझ प्रष्ट पार्न सहयोग पुग्ने बताउँदै खुसि ब्यक्त गर्नु भएको थियो |

प्रिमियर सो उपस्थित अतिथिहरु ( तस्विर सौजन्य: जीवन रसाइली )

प्रिमियर सो उपस्थित अतिथिहरु ( तस्विर सौजन्य: जीवन रसाइली )

 

यसैगरी म्युजिक भिडियो हेरेर आफू भावुक भएको बताउँदै भिक्टोरिया समन्वय परिषद्का खगेन्द्र कंडेलले गहन र सान्दर्भिक विषयलाई आधार मानेर निर्माण गरिएको म्युजिक भिडियो दर्शकको मन जित्नेमा शंका नरहेको  विश्वास ब्यक्त गर्नु भयो |

म्युजिक भिडियोमा प्रमुख पात्रका रुपमा देखिएका होम दवाडीको यो तेस्रो म्युजिक भिडियो हो | नेपाली म्युजिक भिडियोमा आशालाग्दा अनुहार मध्येका होम छिटै ठुलो पर्दाको चलचित्र मार्फत पनि आगाडी आउने तयारीमा रहेका छन् |  यस भिडियोमा साथ दिएकी छिन् ज्योति दवाडीले | प्रिमियर सो मा सहभागी अतिथिहरुले नेपाली गीत संगीत अनि म्युजिक भिडियो अब अष्ट्रेलियामा नै निर्माण भै नेपाली श्रोता दर्शक माझ पुग्न थालेकोमा खुशी लागेको बताए | अब आशा गर्ने ठाउँ निकै छ , हाम्रा अगाडी आशा लाग्दा कलाकार अनि विशिष्ट क्षमताको कमि छैन सहभागीहरुले “हिमालयन कंगारू” सँग भने |

म्युजिक भिडियो आइभीएम फिल्मस् ले निर्माण गरेको हो | भिडियो को सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको हो |

Comments

comments