काठमाडौं । प्रमुख दलहरूले हिन्दु राज्यको प्रस्तावलाई स्वीकार गरेको अवस्थामा मधेसी दलको आन्दोलन सुरक्षित अवतरणमा पुग्ने सल्लाह भारतका हिन्दु अगुवाहरूले दिएका छन् ।

समाचार स्रोतका अनुसार मधेसी दलहरूले अब गर्न गइरहेको दोस्रो चरणको आन्दोलनमा हिन्दु राज्य स्थापनाको एजेन्डा प्रवेश हुनेछ ।

मधेसी दलहरूले उठाएका मागमध्ये प्रदेशहरूको सीमांकनबाहेक अरु कुरा करिब करिब मिलिसकेको छ । तराईमा बन्ने प्रदेशमा पहाडी जिल्ला मिसाउन नहुने कैलाली, सुनसरी तथा मोरङ जिल्लाई टुक्र्याएर तराईका प्रदेशमा समावेश गर्नुपर्नेबाहेक अरु मागमा सहमति भइसकेका अवस्था छ ।

तर प्रमुख दलहरू हिन्दु राज्यका लागि सहमत भएको अवस्थामा मधेसी दलहरूले यो माग पनि छाड्न सक्ने संकेत दिएको बुझिएको छ ।

भारतको शविसेना नामक ट्टर हिन्दुवादी संगठनका नेता राज ठाकरेका विशेषदूतले हालै नेपाल भ्रमण गरी यो संकेत दिएको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार हिन्द राज्य कायम गरिए मधेसी दलहरूको आन्दोलन फिर्ता गराउने जिम्मा भारतले लिने बताएका थिए । ठाकरेका विशेषदूतका रुपमा नेपाल आएका स्टिर थापा नेपाली मूलका हुन् ।

Comments