काठमाडौं । पाकिस्तानको लाहोरमा आत्मघाती आक्रमण हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ ।

लाहोरको गुलसन ए एकबाल पार्कमा आइतवार साँझ भएको आत्मघाती हमलामा अन्य सयौंजना घाइते भएका छन् ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीकाअनुसार यो आत्मघाती हमलामा प्रयोग भएका व्यक्तिले आफूलाई विस्फोटक पदार्थ भरिएको बेल्ट बाँधेका थिए ।

समाचार अनुसार आत्मघाती हमलामा संलग्न व्यक्तिले करिब १० किलोको विस्फोटक पदार्थले आफूलाई विस्फोट गराएका थिए ।

घटनापछि त्यहाँ सेनालाई तैनाथ गरिएको छ । आत्मघाती विस्फोटपछि उद्धार टीम तुरुन्तै घटनास्थलमा पुगेको थियो ।
पाकिस्तानी टेलिभिजन जियो न्यूजका अनुसार आइतबार ईस्टर भएकाले पार्कमा हजारौं मानिसको भीड थियो । त्यही भीडलाई लक्षित गरि विस्फोट गराइएको समाचारमा उल्लेख छ ।

घटनापछि सुरक्षकर्मीको टोलीले पार्क र आसपासको स्थानलाई आफ्नो कब्जामा लिएको छ । अहिले सयौं सुरक्षाकर्मीले सर्च अप्रेशनलाई तीब्र पारेका छन् ।

Comments

comments