काठमाडौं । आठ दिने औपचारिक चीन भ्रमण पूरा गरि प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्रीसहितको टोली सिचुआन प्रान्तको छेन्दुबाट आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली हैनान हुँदै सान्या, सियान र शनिबार छेन्दु पुग्नुभएको हो । उहाँले छेन्दु शहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गर्नुभयो । भूकम्पबाट भग्नावशेष बनेको एक पाँच तले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नुभयो । विद्यालय आठ वर्षपछि पनि उस्तै अवस्थामा पाइएको थियो । यसअघि उहाँले बेइजिङमा बोआओ फोरममा सम्बोधन गर्नुभएको थियो ।

चीनमा रहँदा प्रधानमन्त्रीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबिच पारवहन लगायत १० बुँदे सम्झौता भएको छ ।

यसैबीच प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार साताव्यापाी चीन भ्रमणमा जाँदै हुनुहुन्छ । जनवादी गणतन्त्र चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा उहाँ औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको हो ।

प्रधानसेनापति क्षेत्री आइतबार चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षेत्रीले चीन यात्रामा रहँदा त्यहाँको विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनुका साथै उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Comments

comments