काठमाडौँ । नक्कली प्रमाणपत्र लिएर ठूलो संख्याका कथित डाक्टरहरुलाई हालै प्रहरीले पक्राउ गरेकोमा नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ।

यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको छ।

प्रसंग निगमका विमान चालक सुवास रिजालको हो। उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छा। रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ।

आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ। उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए।

Please follow and like us:

Comments