काठमाडौं । भारतमा जारी आइसीसी ट्वान्टी ट्वान्टी विश्पकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई २१ रनले पराजित गरेको छ । अष्ट्रेलियाको लागि जेम्स फल्कुनरले पाकिस्तानको महत्वपूर्ण ५ विकेट लिए ।

यसअघि चण्डीगडस्थित व्रिन्द स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्टे«लियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९३ रनको वनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान स्टेफेन स्मिथले ६१ रन बनाए । १९४ रनको विजयी लक्ष्य सहित ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेली आठ विकेटको क्षतिमा मात्र १७२ रन मात्र वनाउन सक्यो । पाकिस्तानका लागि सोहिव मल्लिकले नटआउट ४६,खलिड लाटिभले समान ४६ रनको योगदान दिए पनि टोलीलाई जिताउन भने असफल रहे ।

पाकिस्तानको लागि महत्वपूर्ण मानिएका कप्तान साहिद अफ्रिदी भने १४ रन मात्रै वनाउन सके । अब सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलियाले आयोजक भारतसंग निर्णायक खेल खेल्ने छ ।

Comments