-मनोज पौड्याल

मेलबर्न । उदासी, ग्लानी अनि शक्तीहिनता अहिलेको डर लाग्दो रोगहरु मध्यको एक रोग मानिन्छ । जसले मान्छेलाई तड्पाई तड्पाई राख्छ तर मारिचाँहि हाल्दैन । हामी नेपाली प्राय सबैको मुखमा झुन्डिने थेगोनै भनौ न “लास्टै तनाव भयो यार“ । नाम एउटा तर तनाबको शैली फरक । जिन्दगीलाई पहिल्याउँदै हिड्ने क्रममा तनावहरु यसरी अघि लाग्छन् कि एउटालाई जसोतसो पन्छाउँदै गयो अर्को तनाव साथ लाग्छ । तनावका प्रकारका कुरा गर्यो भने यति धेरै छन् कि ती सवैको बेलिबिस्तार लाउन खोज्यो भने धेरै समय लाग्ला तर यहाँ यस्ता तनाबको कुरा गर्दै छु जो हामी बीच निकै चिरपरिचित छन् ।

जिन्दगीमा कतिपय कुरा देखेर,भोगेर अनि सुनेर पनि थाहा हुँदो रहेछ । कतिपय कुरा पढेर अनि समाजलाई नजिकबाट नियाल्यो भने पनि जानकार हुने रै छ । भन्दा सजिलै भनिने डिप्रेसन यस्तो खतरनाक भाईरस रहेछ जसले यसरी डस्छ कि मान्छे त्यसबाट मुक्त हुन हम्मे हम्मे पर्छ। बिभीन्न कारणबाट पैदा हुने उदाशीनता जो कोहीलाई नि हुन्छ फरक यत्ति हो कसलाई कति मात्रामा छ। कसैले सहज तरिकाले ब्यबस्थापन गर्ला, कसैले गर्न नसकेर आत्महत्या सम्मको हर्कतसम्म पुग्लान् ।

विद्यार्थीमा हुने उदासीः

बिदेशी भूमीमा बिद्यार्थीलाई जति तनाव सायद कोही कसैलाई हुँदैन । भिषा आबेदन दिएबाट सुरू भएको तनाव बिद्याार्थी जीवनभरि रहिरहन्छ । फेरी यति भनि राख्दा के बिद्यार्थीको चाँहि भविष्य नै छैन भन्ने प्रश्न उठ्ला । यो एकदम जायज हो कि सहि बाटोमा हिड्नेको जहाँ पनि भविष्य उज्जवल नै हुन्छ । तपाई बिद्यार्थी भएर एक्लै पढ्न आउनु हुँदैछ भने तपाईको पारिबारिक आर्थीकस्तर राम्रो या सिधै भन्नु पर्दा यदि तपाईको कलेजको फि घरबाट पुर्याउन सकिन्छ भने तपाईलाई त्यति ठूलो तनाब नहोला । फेरि प्रश्न उठ्ला अव के पैसा पेल्न नसकिने चाँहि बिदेश नै पढ्न नजान े? हैन यदि तपाईले घरबाट पैसा पेल्न सक्नुभयो तपाईलाई तनाव कम हुन्छ यत्ति बुझ्नु होस । बिद्यार्थी जवीनमा मुख्य कुरा तपाईले बिस घण्टा मात्रै काम गर्न पाउनु हुन्छ । त्यो बिस घण्टा काम गरेर कमाएको पैसाले कति ठाउँ टाल्नु हुन्छ ? घर भाडा, रासनदेखि पब्लिक ट्रान्स्पोर्टको टिकटको लागि छुट्याउनै पर्यो । विकेन्डमा साथीसँग जमघट गर्नैपर्यो, मूभी या मनोरञ्जनको लागि नि छुटाउन पर्यो । अनि त्यसबाट बचेको केही रकम घर पनि पठाउन पर्यो । किन कि बिदेश गएको छोराछोरीबाट बा आमाले आशा पक्कै राखेका हुन्छन् । अनि के तपाई यी यावत बिषयहरुको ब्यबस्थापन गर्न सक्नु हुन्छ बीस घन्टा काम गरेर । आफै बिचार गर्नुहोस्।

कामबाट हुने तनाव :

यो बिदेश आउने जो कोहिलाई पनि हुने तनाव हो । सुरुमा काम नपाएर तनाव हुन्छ । त्यस पछि त्यो कामलाई टिकाउनलाई अर्को तनाव । आफ्नो योग्यता र गच्छे अनुसारको काम नपाउँदा झनै तनाव । ट्रायल दिदाँ दिँदा हत्तु भएर तनाव । किचकिचे साहू पर्यो भने काममा साहुको किचकिचको तनाव अनि पैसा बुझ्ने बेलामा गरेको काम भन्दा कम पैसा खातामा देख्दा अर्को तनाव अनि खाताबाट कता कता चूहिन्छ त्यो देखेर झनै तनाव ।

कन्सल्टेन्सीको तनाव :

प्राय बिद्यार्थी जुन कलेज या यूनीभर्सीटी भनेर आएका हुन्छन् त्यसको फि अधिक महङ्गो भएको पुगेर बुझेपछि थाहा पाउँछन् । अनि सस्तो कलेज स्थानान्तर गर्न कन्सल्टेन्सी धाउँनलाई तनाव । उचित परामर्श नपाउँदा झनै तनाव । कन्सल्टेन्सीको मिठो कुरामा फसेर अर्को तनाव । कसलाई के का आधारमा राम्रो र भरपर्दो ठान्ने सम्झिदा सम्झिदै झनै तनाव ।

पिआर वा ग्रीनकार्डको तनाव : 

तपाईले त्यो देशको लागि त्यति धेरै लगानी गरिसक्नु भएको हुन्छ अनि कुरो आउँछ पिआरको । जति नै देशभक्त भए पनि,देश फर्केर जान्छु भने पनि आखिरीमा प्रायलाई पिआर वा ग्रीन कार्डको लोभ हुन्छ नै । कसरी हुन्छ यो चाँहि लिन पर्छ भन्ने तनाव । त्यसको लागि कागजपत्र मिलाउने तनाव । ईमिग्रेशनको नियमहरू परिवर्तन भईरहेर अर्को तनाव । आई.एल.टि.एसमा सात या आठ अनि ईमिग्रेसनको आबश्यकता परिपूर्ति गर्दा र मिलाउँदाको तनाव ।

मोर्गेजको तनाव :

पिआरहात परेपछि मोर्गेजमा घर गाडि अनि ब्यापारको लागि लिएको बैंकको कर्जाको तनाव । भनेको समयमा तिर्न नसकिएला कि या ब्यापार सोचे जस्तो नहोला कि भनेर तनाव । काम फूत्क्यो भने घरको लोन कसरी तिर्ने झन अर्को तनाव । त्यो बेलासम्म छोरा छोरी पनि पक्कै हुन्छन् । अनि छोरा छोरीलाई कसरी पढाउने, फलानोको छोरा छोरीको यस्तो भईसकेछ, हाम्रो भएन भनेर अरुको देखासिकी गरि टोपल्ने हामी नेपाली सवैलाई तनावमाथि अर्को तनाव !

यी त भए एउटा साधारण मान्छे जो बिदेसी भूमिमा विद्यार्थीको रुपमा आएर भोग्ने तनावहरु । अब म मान्छे डिप्रेशनमा गए पछि के कस्तो अबस्थाबाट गुज्रहन्छन्,त्यसको बारेमा केहि लेख्छ ु। हुन त म कुनै साईकेट्रिक या साईकोलोजिस्ट होईन तर कतिपय कुरा पढेर अनि देखेर र सुनेर पनि सिकिन्छ ।

हामी दिनहूँ जसो बिद्यार्थीको आत्महत्या या सुतेको ठाउँमा नै मृत्यूका खबरहरू पढ्छौ, सुन्छौ अनि देख्छौं । आखिर किन किन आत्महत्या गर्न बाध्य हुन्छन् यूवाहरु । ब्यक्तिगत कारण जे भए पनि झट्ट हेर्दा कि त पारिवारिक कारण हुन पर्छ,घरबाट टाढा रहेर बस्नु परेकोले हुन सक्छ,देशको राजनैतिक अस्थिरता कि त प्रेम असफल भएर हुन सक्छ । या त आफ्नो कुनै भविष्य नदेखेर हुन सक्छ । यस्तो आत्महत्या गर्न मन लाग्ने डिप्रेसनलाई सेनाईल डिप्रेसन भनिन्छ । यो रोगबाट ग्रस्त भए मान्छेलाई खाली आत्महत्या गर्न मन लाग्ने हुन्छ ।

मान्छेमा रोगले कुन बेला हमला गर्छ त्यसको पत्तै हुन्न । कुनै रोग यस्ता हुन्छन् जुन कहिलै निको नहुने हुन्छन् ।कहिले कहाँ कुन दुर्घट्ना हुन्छ र आफू केही गर्न असक्षम होइन्छ पत्तै पाईन्न । शारीरिक रुपमा असक्षम् भए पछि मान्छेलाई मानसिक तनाव बढ्दै जान्छ र उ डिप्रेसनको शिकार बन्न पुग्छ जसलाई न्युरोटिक डिप्रेसन भनिन्छ अनि मान्छे आफु गलेर सुकेर जान्छ र मरेतुल्य हुन्छ ।

कति मान्छे शंकालु प्रवृत्तिका हुन्छन ्। शंकाले लंका जलाउँछ भने झै बिशेषगरी नयाँ जोडीमा उव्जने शंका जस्तै कसैसँग राम्ररी बोले नि शंका गर्ने, कामबाट ढिला आएनि शंका गर्ने, हरेक कुरामा शंकाको दृष्टिकोणबाट हेर्छन् र बिनासित्तैको तनाव लिएर बस्छन् । वनको बाघले खाने कहिले कहिले मनको बाघले खाएर पूरै डिप्रेसनमा जान्छन् जसलाई साइकोटीक डिप्रेसन भनिन्छ।

आजकालका कोही युवा एक्लोपन मन पराउँछन् । समाजमा त्यति घुलमिल हुन मन पराउँदैनन् । नबोली बस्ने टोलाई रहने शैलीका हुन्छन् । मान्छेको भिंडमा बस्न पर्यो भने दिमागी टर्चर भएको भान हुन्छ । त्यस्ता मान्छेहरु पार्टी रमाईलो त्यति मन पर्दैन । काहि जान पर्यो भने पनि नचलि वा नबोली एउटा कुनामा बस्छन् । यो पनि एउटा डिप्रेसननै हो जसलाई स्टुपर डिप्रेसन भनिन्छ ।

Comments

comments