काठमाडौँ । बेल्जियन प्रहरीले हालै ब्रसेल्स बम आक्रमणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

गत मंगलबार भएको उक्त बम विष्फोटमा ३१ जना मारिएका थिए। पक्राउ परेकाहरुको पहिचान र आक्रमणमा उनीहरुको भूमिकाबा विषयमा केही सार्वजनिक गरिएको छैन । यता फ्रान्समा पनि आक्रमणको षड्यन्त्र रचेको आरोपमा एक जना पक्राउ परेको अधिकारीहरुले बताएका छन् ।

ब्रसेल्समा भएको बम विष्फोटलाई अधिकारीहरुले गत वर्ष नोभेम्बरमा पेरिसमा भएको आक्रमणसँग जोडेर हेरिरहेका छन्। पेरिस र ब्रसेल्स आक्रमणको जिम्मेवारी आफूलाई इस्लामिक स्टेट बताउने संगठनले लिएको छ । एजेन्सी

Comments