मेलबर्न । नेपाली नयाँ वर्ष २०७३ को अवसरमा अष्ट्रेलियाको मेलबर्नमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

यसपटक ठेट नेपाली लोक गीत र लोक दोहोरीका साथ मेलबर्नमा नेपाली नयाँ वर्षको स्वागत गर्ने तयारी गरिएको हो ।
एनआरएनए भिक्टोरिया र चितवन समाज भिक्टोरियाको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा चर्चित युवा गायक पशुपति शर्मा र गायिका सम्झना लामखाने मगर प्रमुख आकर्षणका रुपमा रहने छन् । विशेष गरि रोयला भाकाका लागि चर्चित गायक पशुपतिको मलाई जापान पनि यही,मलाई अष्ट्रेलिया यही बोलको राष्ट्रिय भावले ओतप्रोत भएको गीत र कुन साबुनले मुख धोइछ्यौ लगायतका गीत श्रोता दर्शक माझ लोकप्रिय छन् ।

आगामी अप्रिल १८ तारिख सोमवारका दिन साँझ ६ बजेबाट शुरु कार्यक्रममा मेलबर्नका स्थानीय कलाकारहरु विराज थापा र तारा गैरे लगायतको समेत प्रस्तुति रहनेछ । कार्यक्रम इष्टोनियन हाउसमा हुनेछ ।

new year

Comments

comments