काठमाडौं । धादिङमा निर्माणाधिन भवनको ढलान भत्किँदा तीन जना अष्ट्रेलियन नागरिक सहित ६ जना घाइते भएका छन् ।

उत्तरी धादिङको फूलखर्क–२ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा अष्ट्रेलियन नागरिकहरु पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी घाइते भएका हुन् । यसैगरी मूलपानी–५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क–५ का ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क–२ का ३२ वर्षीय सुन्तु परियार पनि घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।

घाइतेहरुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

Comments