-लक्ष्मण गौतम

भारतले नेपालमा पटक पटक नाकाबन्दी गरिरहन्छ । प्रधानमन्त्री केपी शर्मा ओली ले चीनसंग ईन्धन व्यापारिक सम्झौता गरेर भारतलाई दनक दिन सक्नु पर्थ्यो तर जीवनभर भारतको गुलामी गरेर राजनीति गरेका प्रमज्यूले ईन्धन व्यापारिक सम्झौता गर्न कस्सिएका आपूर्ति मन्त्रीलाई नै भ्रमण टोलीमा नाकाबन्दी गरे अनि प्रचार गरे बापत आउने मोटो कमिशन को प्रलोभनमा परेर संचालनमै नआएको , व्यवसायिक उडानको अनुमति नै नलिएको हिमालयन एयरमा दैनिक १ करोड खर्च हुने गरि १०० जना कोचेर चीन पुगे ।

नेपालको विद्यमान कानुन अनुसार छोराले अंश पाउछ । त्यस्तै अन्तराष्ट्रिय कानुन अनुसार भुपरीबेष्ठित मुलुकले पारवहन अधिकार पाउछ । कानुनले नै दिएको अधिकारमा हस्ताक्षर धस्काउदा ४ हात उफ्रिन पर्ने जरुरी छैन । यदि केपी शर्मा ओलीले चीनसंग ईन्धन व्यापारिक सम्झौता गरेको भए त्यो नेपाल र नेपालीको हितमा हुने थियो तर यो कुरा एजेन्डामा नै नपर्नु दुखद हो , राष्ट्रघात हो । न त ओली ले लिपुलेकका बारेमा कुनै कुरा नै उठाए न उत्तरतिरका नाका खोल्ने कुनै कुरा नै भयो भने यो भ्रमण कुन आधारमा नेपाल र नेपालीको हितमा छ ? ओली चीन जानु पूर्व भारतीय विदेशमन्त्री र विदेश सचिवसंग भेटघाट गरेर उनीहरुकै चाहना र आज्ञा बमोजिमका एजेन्डा बोकेर चीन गएका छन । नेपालमा हल्ला धेरै गरिन्छ , प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण पनि उही भारतकै झैँ करोडौ उढाउने , मासु भात खाने अनि सेल्फी खिच्ने बाहेक अरु केहि उपलब्धि मुलक भएन र हुदैन ।

आजका दिनमा चीन र भारत बिश्वकै उदयमान शक्ति हुन । चीन र भारतको सहयोग र सदभाव बिना नेपालको बिकास संभव नै छैन तसर्थ नेपालको बिकास लागि चिन र भारत दुवै राष्ट्र संग सुमधुर सम्बन्ध राख्न सक्नु पर्छ , चीन र भारतवीचको पुल बन्न सक्नु पर्छ । हामीले हाम्रो हितलाई केन्द्रमा राखेर दुवै राष्ट्रलाई आफ्नो फाईदाका लागि प्रयोग गर्न सक्नु पर्दछ । संसार भरी नेताले राजनीति चलाउछन र कर्मचारीले कुटनीति तर नेपालमा राजनीति र कुटनीति दुवै नेताले चलाउने हुदा सरकार परिवर्तन हुनसाथ छिमेकीसंगको कुटनीति पनि परिवर्तन हुन्छ र सम्बन्धमा नै असर पर्छ । यो नै हाम्रो देशको दुर्भाग्य हो ।

-बुटवल मणिग्राम

Comments